५८ औ राष्ट्रीय बाल दिवसको अबसरमा नमुना बाल सभा सञ्चालन सम्पन्न

५८ औ राष्ट्रीय बाल दिवसको अबसरमा मोदी गाउँपालिकामा आज नमुना बाल सभा सञ्चालन सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय पर्वत, गुड नेवर्स, सोडेक नेपालको सहकार्य तथा मोदी गाउँपालिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बालमैत्री सम्बन्धी स्थानीय नारा "हाम्रो पालिकाको पहिचान : बालमैत्री पालिका निर्माणमा हाम्रो अभियान" समेत तय गरि भब्यताका साथ सम्पन्न भएको छ।  राष्ट्रीय नारा : “बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार”बालदिवस २०६३ सालमा आएर भदौ २९ गते मनाउन सुरु गरिएको थियो। इतिहासलाई फर्केर हेर्दा नेपालमा बालदिवसमा रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा महात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सक्रियताका साथ लागेको देखेकी थिइन्। भारतबाट फर्केपछि रानी रत्नद्वारा आफ्नो जन्म दिनपारी विसं २०२१ भाद्र ४ मा नेपाल बाल सङ्गठन स्थापना गरि आफ्नै जन्म दिनमा बालमन्दिर मार्फत टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरि सो समयदेखि नियमित रूपमा बालदिवस मनाउन थालिएको पाइन्छ।वि.सं २०६३ सालमा लोकतन्त्रको स्थापना पश्चात् यसको पूरानो संरचनामा केही फेरबदल भएको थियो जसको परिणाम स्वरुप देशमा स्थापना भएको लोकतन्त्रले बालदिवसको मितिलाई पनि परिवर्तन गरेको थियो।