
मोदी गाउँपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति पर्वत, जिल्ला भलिबल संघ पर्बत तथा मोदी ब्याडमिन्टन संघको समन्वय तथा सहकार्यमा मिति २०८२ मंसिर १४ गते देखि संचालन भएको प्रथम पालिका अध्यक्ष कप प्रतियोगिता, पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा वडा नं ६ लाइ बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्ने कार्यक्रम सभ्य, भव्य र शान्तिपुर्ण रुपमा आज मिति २०८२ मंसिर १९ गते सुसम्पन्न भएको छ।
प्रथम अध्यक्ष कप प्रतियोगिता अन्तर्गत संचालन भएको अन्तर पालिका भलिबल प्रतियोगितामा फलेबास नगरपालिका बिजयी भएको छ भने मोदी गाउँपालिका उपविजेता र कुश्मा नगरपालिकाले तेस्रो स्थान हासिल गर्न सफल भएका छन ।
यस प्रतियोगिता संचालनको क्रममा साथ सहयोग र समन्वय गर्नुहुने जिल्ला खेलकुद बिकास समिती पर्वत, जिल्ला भलिबल संघ पर्बत, मोदी ब्याडमिन्टन संघ, बिभिन्न टोल बिकास सस्थाहरु, आमा समुहहरु, युवा क्लबहरू, मोदी गाउँपालिकाका अमुल्य निधिको रुपमा रहेका पुर्व राष्ट्रिय, क्षेत्रिय खेलाडीहरु,नव जागृत माध्यमिक विद्यालय तथा नवजागृत बहुमुखी क्याम्पस परिवार, सम्पुर्ण सहभागी बिद्यालयका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी हरु, प्रधानाध्यापक ज्यूहरु, खेल शिक्षकहरू, सहभागी विद्यार्थी भाइबहिनीहरु, प्रतियोगिता अवधिभर खाजा तथा खानाको प्रबन्ध गर्नुहुने होटल व्यवसायीहरु, यातायात व्यवसायीहरु, स्थानिय आमा समुहहरु, स्वास्थ्यकर्मीहरु, कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा अहोरात्र खटिनु हुने राष्ट्रसेवक कर्मचारीहरु, कार्यालयका विभिन्न बिषयगत शाखा/उपशाखा प्रमुखहरु, खेलकुद प्रतियोगिता संचालन भएको मोदी गाउँपालिका ६ नं वडा वडाध्यक्ष श्री दिपेन्द्र जंग लामिछाने तथा वडा कार्यालय परिवार , सम्पुर्ण वडाध्यक्ष ज्यूहरु , कार्यपालिका सदस्य ज्यूहरु, गाउँसभा सदस्य ज्यूहरु, डिमुवा प्रहरी चौकी ईन्चार्ज लगाएतका सम्पुर्ण सुरक्षाकर्मीहरु, कार्यक्रम अवधिभर सुचना सम्प्रेषण र प्रत्यक्ष प्रसारण गरी खेलकुदको प्रवर्द्धन गर्न सहयोग गर्नुहुने नमस्ते न्युज परिवार , जिल्लाका सक्रिय संचार माध्यमहरु, पत्रकार महासंघ पर्वत,पत्रकार ज्यूहरु साथै एस ए साउन्ड सिस्टम तथा स्वदेश तथा विदेशमा रहि कार्यक्रममा शुभेच्छा, सदभाव प्रकट गरी हामीलाइ प्रोत्साहन गर्नुहुने मोदीवासी आदरणीय आमा बुवा, दाजुभाई दिदी बहिनी हरु प्रति मोदी गाउँपालिका परिवार हार्दिक आभार सहित कृतज्ञता प्रकट गर्दछौं ।