समाचार
मोदी गाउँपालिकाले आफ्नो Mobile Application सार्वजानिक
मोदी गाउँपालिकाले आफ्नो मोबाइल एप्लिकेसन (Mobile Application) सार्बजनिक गरेको छ । गाउँपालिकाका सम्पूर्ण गतिबिधि एवम जानकारी सहजै प्राप्त गर्न सकिने मोबाइल एप्स मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय कुमान सिंह गुरुङ ले सार्बजनिक गर्नुभएको थियो । मोबाइल एप्सको माध्यम बाट अब जनतालाई घरमै बसेर गाउँपालिकाक गतिबिधिबारे जानकारी लिन सहज हुने बताउनु भयो । गाउँपालिकाका सुचना, गाउँपालिकाले प्रदान गर्ने सेवा सुबिधा, बार्षिक बजेट , नीति तथा कार्यक्रम, योजना/परियोजना, वडागत सस्म्पूर्ण विवरण, गाउँपालिका भित्रका महत्वपूर्ण स्थानहरु तथा आपतकालीन फोन नम्बरहरु समाबेश गरिएको एप्सले जनतालाई गाउँपालिका को एकमुस्ट जानकारी 'एक क्लिक' प्राप्त हुने प्रमुख प्रशासकीय अधिकृत को भनाइ थियो ।
एप्स मार्फत जनताले सिधै सुझाव एव गुनासो राख्न पाउने छन् भने, बिभिन्न समस्या हरु दर्ता गर्न सक्ने छन् । साथै गाउँपालिकाको 'जनमत' पनि समावेश गरि उनीहरुको प्रत्यक्ष अभिमत समावेश गरिएको छ । गाउँपालिका एप्स को निर्माण, यसको संचालन र प्रभाकारीता बिषयमा मोदी गाउँपालिकाका सूचना प्रविधि अधिकृत दिपक शर्माले जानकारी दिनुभयको थियो । एन्ड्रोइड मोबाइल (Android Version) मा प्ले (Play Store) मा गई 'Modi Rural Municipality " टाइप गरेर गाउँपालिकाको एप्स आफ्नो मोबाइल मा डाउनलोड गर्न सकिन्छ ।
मोदी गाउँपालिकाको मोबाइल एप्लिकेसन यहाँ क्लिक गरेर प्राप्त गर्न सकिनेछ ।
https://play.google.com/store/apps/details?id=infodev.doit_modi
