FAQs Complain Problems

समाचार

Pages

सम्पति कर बिषयक प्रशिक्षण तालिम

नगरबिकास प्रशिक्षण केन्द्र पोखरा,Jica (जापन सहयोग नियोग) र मोदी गाउँपालिकाको संयूक्त आयोजनामा यहि मिति २०७५ माघ २२ देखि २४ सम्म आयोजित सम्पति कर बिषयक प्रशिक्षण कार्यक्रम सम्पन भएको छ | सो कार्यक्रमको अध्यक्षता मोदी गाउँपालिकाक अध्यक्ष प्रेम शर्मा पौडेल ज्युले गर्नु भएको थियो उक्त कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा Jica का प्रतिनिधि ऋषिराम  पाण्डे र नगर बिकास प्रशिक्षण पोखराका निर्देशक हरिकृष्ण कोईराला रहनु भएको थियो | सो  कार्यक्रमको संचालन प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गरुङ ले गर्नु भएको थियो र उक्त कार्यक्रममा सम्पूर्ण कार्यपालिका सदस्य ,वडा सचिव र बिषयगत शाखा प्रमुखहरुको सहभागिता रहेको थियो | ३ दिन सम्म संचालित उक्त कार्यक्रममा सम्पति कर बारेमा ब्यापक छलफल र अन्तरक्रिया गर्दै आगामी श्रावण देखि गाउँपालिका भित्र  सम्पति  कर लागु  गर्ने गरि कार्यबिधि निर्माण र  चरणबद्द  कार्वान्यन कार्ययोजना   तालिका बनाई अगाडी बढने  निर्णय गरि  उक्त प्रशिक्षण कार्यक्रम समापन भयो |

//