मोदी गाउँपालिका गाउँ सभाको १७ औ अधिवेशन सम्पन l

मोदी गाउँपालिका गाउँ सभाको १७ औ अधिवेशनको तेस्रो बैठकको कार्यसुचि बमोजिम आ।व २०८२/८३ को बजेट योजना तथा कार्यक्रम, आ।व २०८२/८३ को आर्थिक बिधेयक, विनियोजन बिधेयक र गाउँपालिकाको संगठन तथा ब्यबस्थापन सर्वेक्षण प्रतिबेदन गाउँ सभाले छ्लफल सहित सर्वसम्मत पारित गर्दै गाउँ सभाको १७ औ अधिबेशन सम्पन भएको छ ।

गाउँपालिकाको ८ औ स्थापना दिवस सम्पन l

मोदी गाउँपालिकाको ८ औ स्थापना दिवस गाउँपालिका अध्यक्ष ज्युको अध्यक्षतामा प्रमुख अतिथि गण्डकी प्रदेशको माननीय स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठक ज्युको प्रमुख आतिथ्यतामा एक समारोह बिच भब्य रूपमा सम्पन भएको छ । स्थापना दिवसको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी , शिक्षक, विद्यालय परिचर, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, कृषक, उद्यमी, समाजका बिभिन्न क्षेत्रमा सहकार्य गर्ने टोल बिकास संस्थाहरु, युवा क्लबहरू, पर्यटन प्रर्वद्धनमा सहयोग गर्ने सामुदायिक होमस्टे संचालकहरुलाई लाइ सम्मनित गरिएको थियो । यसैगरी मोदी गाउँपालिका जन्मथलो भइ विभिन्न क्षेत्रमा विषेशज्ञता हासिल

गाउँ सभाको १५ औ अधिबेशन सम्पन l

मोदी गाउँपालिका, गाउँ सभाको १५ औ अधिवेशनको दोस्रो बैठक आज सप्पन्न भएको छ। १५ औ अधिबेशनको आजको कार्यसुची अनुसार असार १० गते गाउँ सभामा पेश भएको आ.व २०८१/८२ बार्षिक बजेट साथै आर्थिक ऎन २०८१,बिनियोजन ऎन २०८१,खानेपानी सरसफाई ऐन र सार्वजनिक निजि साझेदारी ऐन गाउँ सभा बाट सर्वसम्मत रूपमा पारित भएको छ ।

Pages

//