आ.व २०७८/७९ को बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ । भाद्र १७ गते चलेको गोष्ठीमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सम्पुर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा सम्पूर्ण शाखा/इकाइ प्रमुख र वडा सचिवको उपस्थितिमा सम्पन्न भएको छ। वडाका गतिविधि वडा सचिव तथा गापाका शाखाका गतिविधि, खर्च विवरण, खर्चको प्रभावकारीता , स्थानीय तहका अवसर चुनौति तथा आगामी दिनको कार्यदिशा समेतमा शाखा/इकाई प्रमुखहरूले प्रस्तुत गर्नुभएको थियो । २०७८/७९ मा भए गरेका सम्पुर्ण गतिविधिलाई विस्तृतमा अनिवार्य रूपमा पावरपोइन्ट मार्फत प्रस्तुत गरिएको छ । समिक्षामा समग्र शासन विकास र सेवाप्रवाहका विषयम
नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको मोदी खोला जलविद्युत आयोजनाको प्रभावित क्षेत्र रहेको मोदी गाउँपालिकाले ‘रोयल्टी’ वापत वार्षिक झण्डै एक करोड ३० लाख रुपैयाँ पाउने गरेको छ। सोही रकमबाट स्थानीय तहका सबै उपभोक्ताको विद्युत् महसुल गाउँपालिकाले एकमुस्ट रूपमा तिर्ने गरी नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रसँग सहमति भएको छ। गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेका अनुसार मोदी गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत गाउँपालिकामा रहेका घरमा विद्युत् जडान गरेका उपभोक्ताको विद्युत् महसुल गाउँपालिकाले अनुदान उपलब्ध गराउने योजना अनुसार केन्द्रसँग सम्झौता भएको हो। नेपाल विद्युत् प्राध
मोदी गाउँपालिका गाउँसभाको ११ एघारौं अधिवेशन यहि मिति २०७९ असार १० गते सम्पन्न भएको छ। गाउँसभाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम, आर्थिक ऐन २०७९, विनियोजन ऐन, २०७९ तथा बार्षिक बजेट तथा योजना कार्यक्रम पारित गरेको छ | के छ मोदी गाउँपालिकाको आगामि आ व २०७९-८० को वार्षिक बजेट र निति तथा कार्यक्रम भित्र ?, यस्तो छ बजेटको पुर्ण पाठ तल रहेको मोदी गाउँपालिकाको वेवसाइड लिंकमा गएर यहाँहरुले पढ्न तथा डाउनलोड गर्न सक्नुहुनेछ ।
मोदी गाउँपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति पर्वत, जिल्ला भलिबल संघ पर्बत तथा मोदी ब्याडमिन्टन संघको समन्वय तथा सहकार्यमा मिति २०८२ मंसिर १४ गते देखि संचालन भएको प्रथम पालिका अध्यक्ष कप प्रतियोगिता, पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
उर्जा नदि मोदी खोलाको तस्विर l
मोदी गाउँपालिकाको केन्द्र पातिचौर बजार क्षेत्र l
राम्जा ठुलीपोखरी l
गाउँ सभाको १७ औ अधिबेशन
१७ औ गाउँसभा अधिबेशन
मोदी गाउँपालिका वडा न.७ बालमैत्री वडा घोषणा कार्यक्रम l