मोदी गाउँपालिका गाउँ सभाको १० औ (हिउँदे अधिवेशन) मोदी गाउँपालिकाका अध्यक्ष श्री प्रेम शर्मा पौडेल ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा आयोजित हिउँदे अधिवेशनबाट शिक्षा ऐनको दोस्रो संसोधन २०७८ ,कर्मचारीको सेवा सुबिधा सम्बन्धि ऐन २०७८, चालु आर्थिक वर्षको हालसम्म कार्यपालिकाले गरेका निर्णयहरू अनुमोदन, विभिन्न योजना तथा कार्यक्रम हेरफेर तथा संसोधन, र गाउँपालिका भित्रका अति महत्त्वपूर्ण योजनाहरू प्राथमिकीकरण गरी प्रदेश र सङ्घीय सरकार तथा आयोग समक्ष माग गर्ने प्रस्तावहरूको विषयमा छलफल गरी पारित गरिएको छ ।
आ.व २०७७/७८ को बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको छ । भाद्र २ र ३ गते दुई दिन चलेको गोष्ठीमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, सम्पुर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा सम्पूर्ण शाखा/इकाइ प्रमुख र वडा सचिवको उपस्थितिमा सम्पन्न भएको छ। वडाका गतिविधि वडा सचिव तथा गापाका शाखाका गतिविधि, खर्च विवरण, खर्चको प्रभावकारीता , स्थानीय तहका अवसर चुनौति तथा आगामी दिनको कार्यदिशा समेतमा शाखा/इकाई प्रमुखहरूले प्रस्तुत गर्नुभएको थियो । २०७७/७८ मा भएगरेका सम्पुर्ण गतिविधिलाई विस्तृतमा अनिवार्य रूपमा पावरपोइन्ट मार्फत प्रस्तुत गरिएको छ । समिक्षामा समग्र शासन विकास र सेवाप्रवा
मोदी गाउँपालिकाको नवौ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम, आर्थिक ऐन,२०७८, विनियोजन ऐन, २०७८ बार्षिक बजेट तथा योजना पारित गरेको छ । गाउँ सभामा कुल रू ७२ करोड १८ लाख ६४ हजारको बजेट पारित गरेको छ । जसमा ससर्त र सामाजिक सुरक्षासहित ४४ करोड ९३ लाख ६४ हजार चालू तर्फ र २७ करोड २५ लाख पूँजीगत तर्फ विनियोजन पारित गरिएको छ । नीति तथा कार्यक्रम र बजेटमा समावेश मुख्य बुँदाहरू निम्न छन ।
मोदी गाउँपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति पर्वत, जिल्ला भलिबल संघ पर्बत तथा मोदी ब्याडमिन्टन संघको समन्वय तथा सहकार्यमा मिति २०८२ मंसिर १४ गते देखि संचालन भएको प्रथम पालिका अध्यक्ष कप प्रतियोगिता, पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
उर्जा नदि मोदी खोलाको तस्विर l
मोदी गाउँपालिकाको केन्द्र पातिचौर बजार क्षेत्र l
राम्जा ठुलीपोखरी l
गाउँ सभाको १७ औ अधिबेशन
१७ औ गाउँसभा अधिबेशन
मोदी गाउँपालिका वडा न.७ बालमैत्री वडा घोषणा कार्यक्रम l